सबै नेपालीको बैंक खातामा मुक्तिनाथको अफर, खाता खोल्दा मोबाइलमा १ सयको रिचार्ज !

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौँ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ । २०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नु हुने व्यक्तिहरुलाई खाता [&hellip;]</p>

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौँ बैंक खाता अभियानलाई २०७६’ अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ ।

२०७६ बैशाख १ गते देखि लागु हुने उक्त बचत खाता खोल्नु हुने व्यक्तिहरुलाई खाता खोल्ना साथ बैंकले एक सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको एनटिसी वा एनसेल मोवाइल नम्बरमा एक सय बराबरको रिचार्ज गरिदिने जनाएको छ ।

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध रहेको बैंकले जनाएको छ ।

Share News