२०५ कम्पनीमा इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंकमात्रै राम्राे !

  २०७६ वैशाख ५ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकृत २८ वाणिज्य बैंकमध्ये दुई कम्पनीमात्र अब्बल देखिएका छन् । नेप्सेले वर्गिकरण गरेको सूची अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आईएमई बैंकमात्रै ‘ए’ वर्गमा परेका कारण अन्यभन्दा अब्बल मानिएका हुन् ।

नेप्सेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार सूचिकृत कम्पनीहरुलाई विभिन्न चार वर्ग(ए, बी, जी र जेड)मा वर्गिकरण गरेको छ । जसअनुसार ‘ए’ वर्गमा जम्मा २ कम्पनी परेका छन् भने ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेका छैनन् ।

नेप्सेले तयार पारेको सूचीअनुसार सबैभन्दा धेरै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । (कुन कम्पनी कुन वर्गमा परे हेर्नको लागि यसमा क्लिक गर्नुहोस् ।)

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५’ गत २०७५ साउन १ गतेदेखि कार्यान्वयमा ल्याएको थियो । सोही व्यवस्थाअनुरुप संगठित संस्थाको चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा वर्गिकरण गरिएको नेप्सेले जनाएको छ ।

सोही अनुसार हाल जम्मा दुई वाणिज्य बैंकमात्र चुक्तापूँजी, प्रतिफल, नियम परिपालना लगायतको क्षेत्रमा अब्बल देखिएको मानिन्छ ।

साथै, उक्त वर्गिकरणमा परेका संगठित संस्थाले उल्लेखित वर्गमा पर्नु नपर्ने कारण सहित ३५ दिनको म्याद भित्र दावी सहित निवेदन दिन नेप्सेले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.