अब नेपालमा पनि टिभी रियालिटी शो ‘बिग बोस’

  २०७६ वैशाख ३ गते १६:००     विकासन्युज


काठमाडौँ । नेदरल्याण्डको इन्डिमोल साइनद्वारा संचालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोस नेपालमा पनि प्रशारण हुने भएको छ । आइम्याक्स प्रोडक्सन बिग बोस नेपालमा ल्याएको हो । आइमेक्स प्रोडक्सन तथा इन्डिमोलसाइनको संयुक्त सहकार्यमा टेलिभिजनको सबैभन्दा ठूलो रियालिटी शो बिग बोस नेपाल नेपालमा ऐतिहासिक रुपमा आउन लागेको जनाइएको छ ।

आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो । २०७५ वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरी नेपालमा बिग बस औपचारिक रुपमा सुरु भएको जानकारी गराइएको छ । नेपाल भित्रिएको यो रियालिटि सो नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट चाँड नै शुरु हुनेछ ।

नेदरल्याण्डको इन्डिमोल साइनद्वारा ५४ देशमा सफलता पूर्वक संचालित बिग ब्रदर टिमको पूर्ण सहयोगले ५५ देश नेपालमा बिग बोससफल बनाउने प्रतिबद्धता गरेको जानकारी गराइएको छ । देश अनुसार फरक फरक भाषामा सञ्चालित भएको यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रशारण हुनेछ । यसरी सञ्चालन हुने कार्यक्रम विग ब्रदरकै संरचना अनुसार हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रही सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.