बंगलालादेश नेपालबाट धागो आयात गर्न इच्छुक, पहल गर्ने राजदुतको प्रतिबद्धता

  २०७६ वैशाख ३ गते १५:४५     विकासन्युज

काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत मन्सफी विन्तेले नेपाल बंगलालादेश बीचको द्विपक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्ध बिस्तार हुने बताएकी छन् । बंगलादेशी राजदुतको सम्मानमा नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

दुबै देशका सरकारका तर्फबाट समय–समयमा विभिन्न तहमा औपचारिक भेटघाट भएको र नेपालको निकासी बङ्गलादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको उनले बताइन् । दुबै देशबीच सुविधायुक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको बताउँदै उनले नेपालबाट बङ्गलादेशमा धागो आयात गर्न इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन् ।

बङ्गलादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–बङ्गलादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए । दुई मुलुक छिमेकी राष्ट्र हुन तापनि यी मुलुकहरु बीच अपेक्षित मात्रामा व्यापार विस्तार हुन नसकेको बताए । साथै नेपाल र बङ्गलादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुक बीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको बताउँदै यसमा अझ बढी जोड दिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.