बैशाख १३ गतेदेखि ‘छक्का पञ्जा २’ पुन : प्रदर्शन हुने

  २०७६ वैशाख ३ गते १३:०१     विकासन्युज

काठमाडौं । ‘छक्का पञ्जा २’ पुन : हलमा प्रदर्शन हुने भएको छ । दिपाश्री निरौला तथा दिपकराज गिरीको निर्देशनमा रहेको सो चलचित्र सन् २०१७ अगस्ट १७ मा रिलिज भएको थियो । हालसम्म पनि युट्यबमा नआएको सो चलचित्र बैशाख १३ गते देखि पुनः प्रदर्शन हुने भएको छ ।


प्रदर्शन भएको २ वर्ष वितिसक्दा पनि युट्यबमा नआए पछि दर्शकले हर्ने इच्छा व्यक्त गरेकै कारण पुन प्रदर्शन गर्ने भएको चलचित्र निर्माण समुहले जानकारी दिएको छ । दिपकराज गिरी, केदार घिमिरे, प्रियका कार्की, जितु नेपाल, वर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालले यस फिल्ममा अभिनय रहेका थिए ।

१ घण्टा ३५ मिनेट सम्मको प्रदर्शन हुने सो फिल्म नेपाली समाजभित्रको चालचलन, रितिरिवाज, संस्कार लाई टपक्क टिपेर चलचित्रमा उल्लेख गरिएको थियो । सो चलचित्रले करिब १५ करोड आम्दानी गरेका बक्स अफिसले बताउँदै अब पुनः प्रदर्शनले थप आम्दानी बढ्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.