नयाँ वर्षमा भायनेटको नयाँ अफर

  २०७६ वैशाख २ गते १८:१२     विकासन्युज

काठमाडौँ । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेशनले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ ।

अफर अन्तर्गत वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले अतिरिक्त २ महिनाको इन्टरनेट र नेट टि.भी. निःशुल्क प्राप्त गर्न सक्ने छन् । आजको समयमा भायनेट सन्तुष्ट ग्राहकहरु भएको र उत्कृष्ट सेवा प्रदान गर्ने इन्टरनेट प्रदायकको रुपमा चिनिन्छ ।

१५० भन्दा बढी कर्मचारी रहेको कल सेन्टर मार्फत भायनेटले ३६५ दिन नै २४ सैं घण्टा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । सेवा प्रदान गर्ने उद्देश्य बोकेको भायनेटले ग्राहकहरुको सहजताका लागि सेल्फ–सर्भिस क्लाइन्ट–कष्टुमर पोर्टल र कष्टुमर मोबाइल एप् प्रदान गर्दै आएको छ ।

यस अन्तर्गत ग्राहकहरुले सजिलैसँग इन्टरनेट सेवाको प्रबद्र्धन, निगरानी र सर्पोट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.