नेपाल बङ्गलादेश बैंकको रजत बचत खाता सञ्चालनमा, २५ रुपैयाँमै खोल्न सकिने

  २०७६ वैशाख २ गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले समृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाताको नारा सहित रजत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता मात्र २५ रुपैयाँमा खाता खोल्न सकिने छ ।

साथै, बैंकद्वारा १०० रुपैयाँ थप प्रदान गरिने, बचतकर्ता र इच्छाएको व्यक्तिलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुबिधा र नेपाल भरिका अस्पतालहरुमा उपचार सेवा जस्ता आकर्षक सुविधाहरु रहेका छन् ।

यस सुविधा अन्तर्गत बचतकर्ता र निजको इच्छाएको व्यक्तिले नेपाल भरीका अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख रुपैयाँमा नबढ्ने गरि वार्षिक औषत निक्षेप रकमको २५ प्रतिशत वा अस्पतालको बिल रकम मध्ये जुन न्यूनतम हुन्छ सो रकम बराबर दावी प्राप्त गर्न सक्नेछन् । संयुक्त बचतकर्ताको हकमा दुबै बचतकर्तालाई यो सुविधा प्राप्त हुनेछ । यस प्रकारको सुविधा वर्षमा २ पटक प्राप्त गर्न सकिनेछ । विभिन्न १५० थरिका रोगको उपचार तथा सल्यक्रियाका निम्ति पनि यो सुविधा प्राप्त हुनेछ ।

उक्त बचत खाता सुरुवात समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सकारात्मक प्रयासलाई बैंकको तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.