मुक्तिनाथ विकास बैंकले ल्यायो तीन नयाँ योजना, बैंकिङ्ग एपबाट रिचार्ज गर्दा बोनस पाइने

  २०७६ वैशाख २ गते १३:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । २०७६ वैशाख १ गतेदेखि लागु गरिएको उक्त योजनामा बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो ।

भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्स्ट्यान्ट भिसा डेविट कार्ड सेवा सुविधा शुरु गरेको छ । यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेविट कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेविट कार्ड लिन पाउने छन् ।

त्यसैगरी, मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटीएमबाट विना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै, मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशतसम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।

हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.