सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ बचत खाता, वार्षिक ६.५ प्रतिशत ब्याज पाइने

  २०७६ वैशाख २ गते १२:४५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसँग जोडौं नाता: सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शुन्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी पाइने छ ।

साथै, २५० रुपैयाँमा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वएंवले १०० रुपैयाँ सो खातामा जम्मा गरिदिने कम्पनीले जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.