ग्रीन डेभलपमेन्ट बैंकको साधारणसभाले कार्यक्षेत्र विस्तार गर्दै

  २०७५ चैत २९ गते १८:०५     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट वार्षिक साधारण सभा सम्पन्न भएसँगै कार्यक्षेत्र विस्तार गर्ने भएको छ । बैंकको छैठौं साधारणमा वित्तीय विवरण पारित गर्दै बैंकले कार्यक्षेत्र तनहुँ र नवलपुर जिल्लामा विस्तार गर्ने प्रस्ताव पारित भएको छ । बैंकको केन्द्रीय कार्यालय बाग्लुङ्ग २ हरिशंकर रोड, बाग्लुङ्गबाट पोखरा–८,सभागृहचोक कास्कीमा स्थानान्तरण गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भीक स्वीकृति प्राप्त गरी स्थानान्तरणको लागि भौतिक पूर्वाधार निर्माणको कार्य भईरहेको छ ।

आर्थिक वर्षमा बैंकले ५ वटा शाखा विस्तार गरिसकेकोमा निकट भविष्यमा थप ५ वटा शाखा विस्तारको प्रक्रियामा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए । बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बैंकका संचालक दिपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने कृष्ण शंकर श्रेष्ठले उपस्थित शेयरधनीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.