सिंहदरबार छिर्यो राष्ट्रिय बाणिज्य बैंक, सांसदको तबल आउला ?

  २०७५ चैत २९ गते १३:३७     विकासन्युज

काठमाडौं । अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुल्ने भएको छ । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गर्न लागेको हो । बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार प्रवेश गर्न लागेको हो ।

सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब भारतीय लगानीको एभरेष्ट बैंकबाट मात्रै दिईएको भन्दै बिरोध भएपछि सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई पनि सिंहदरबार प्रवेश गराएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले एभरेष्ट बैंक बाहेक अन्य जुनसुकै बैंकबाट पनि सांसदहरुले तलब लिन सक्ने बताएका थिए । अब सांसद र संसदका कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट समेत आफ्नो तबल भत्ता लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.