प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

  २०७५ चैत २८ गते १७:५५     विकासन्युज

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा पालुङटार विस्तार भएको छ ।

प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो ।

पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न प्रभु बैंक सफल भएको छ ।

पालुङ्गटारमा प्रभु बैंक सञ्चालनमा आएको पछि त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास रहेकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.