महोत्तरीको बर्दिवासमा ग्लोबल आइएमई बैंकका शाखा सञ्चालन

  २०७५ चैत २८ गते ९:१५     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. २को महोत्तरी जिल्ला, बर्दिवास नगरपालिका वडा नं. १ बर्दिवास चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार बर्दिवास शाखा कार्यालय थप भए संगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।

महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.