प्रभु बैंकको ५ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

  २०७५ चैत २७ गते १८:२७     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् । मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँशाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचेतथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा उद्घाटन स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्ला स्थित सम्बन्धित क्षेत्रका स्थानीय वासिन्दाहरुलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.