गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ चैत २७ गते १६:५८     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महा प्रबन्धक बालमुकुन्द रुपाखेती र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सार्वधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.