केकी अधिकारी सिल्क वेयरको ब्राण्ड एम्बास्डर नियुक्त

  २०७५ चैत २६ गते १३:४२     विकासन्युज


काठमाडौँ । नेपालमा नै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरको धाराको ब्राण्ड सिल्क वेयरले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा ब्राण्ड एम्बास्डरको लागि केकी अधिकारी र कम्पनीका निर्देशक राजन झाबीच सम्झौता आदान प्रदान भएको छ ।

यस्तै, सिल्क वेयर ब्राण्डको धाराका सामानहरु भने जोन्स इन्टरनेशल प्रालिले बजारमा ल्याएको छ । कम्पनीले आफ्ना प्रोडक्टहरुमा १० वर्षको ग्यारेन्टी दिने र विभिन्न ९ भेराइटीमा बजारमा उपलब्ध भएको पनि उक्त कार्यक्रममा जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यस्ता उत्पादनशील क्षेत्रमा लगानी गरी नेपालको उत्पादन क्षमता बृद्धि गरी नेपाललाई आत्मनिर्भर बनाउन सुरुवात गरेकोमा र यस्ता प्रिमियम ब्राण्डलाई बिस्तार गर्न कम्पनीले आफुलाई रोजेकोमा निर्देशक झालाई धन्यवाद दिइन् । साथै सो ब्राण्डलाई लोकप्रिय बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।

विदेशी ब्राण्डलाई महङ्गो पैसा तिर्नु भन्दा विदेशी ब्राण्ड सरहको नेपाली ब्राण्डलाई किफायति मूल्यमा प्रयोग गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न पनि निर्देशक झाले अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.