युट्युबमा ६२ घण्टामा १० करोड पटक हेरियो, कोरियाली ब्ल्याकपिङ्कको भिडियो

  २०७५ चैत २६ गते १२:५२     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाली पप सङ्गीतको समूह ब्ल्याकपिङ्ककाे म्युजिक भिडियो युट्युबमा सबैभन्दा धेरै १० करोड पटक हेरिएर कीर्तिमान राख्न सफल भएको छ । ‘किल दिस लभ’ नामक भिडियाले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर्काे कोरियाली पीएसवाईको जेन्टलम्यान गीतको कीर्तिमानलाई भङ्ग गरेको हो ।


युट्युबका अनुसार पहिलो दिनमा सो भिडियोले ५ करोड ६७ लाख पटक हेरिएको थियो ।

सो भिडियो सार्वजनिक भएको २४ घण्टामा सबैभन्दा बढी हेरिएर कीर्तिमान कार्यम राख्न ब्ल्याकपिङ्क सफल भएको जनाएको छ ।

यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडियोले कीर्तिमान बनाउन सफल भएको छ ।

 

युट्युबमा २४ घण्टामा बढी हेरिएको भिडियो यस्ता छन् ः
१. ब्ल्याकपिङ्क किल दिस लभ, ५ करोड ६७ लाख
२. आरियाना ग्रान्डे, थ्याङ्क्रयु नेक्स्ट, ५ करोड ५४ लाख
३. बीटीएस आइडल अफिशल, ४ करोड ५९ लाख
४. टेलर स्विफ्ट लुक ह्वाट यू मेड मी डु, ४ करोड ३२ लाख
५. एमिनेम किलसट, ३ करोड ८१ लाख

सन् २०१६ मा बनेको ब्ल्याकपिङ्क समूहमा जिसु, जेनी, लोझे र लिसा सदस्य छन् । ब्ल्याकपिङ्कले सन् २०१६को अगस्टमा पहिलो एल्बम स्क्वायर वन निकालेको थियो । यो समूह अमेरिकाको इतिहासमा सबैभन्दा चर्चित कोरियाली महिला पप समूह बन्यो र सन् २०१८ मा ‘डु डु डु’ भिडियो युट्युबमा बढी हेरिएको कोरियाली पप भिडियो बनेको थियो ।

भिडियो हेर्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.