नेशनल माइक्रो फाइनान्सद्धारा कुखुरा पालन तालिम संचालन

  २०७५ चैत २५ गते १८:४८     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्सकाे शाखा कार्यालय सुडाद्धारा २ दिने व्यवसायी कुखुरा पालन तालिम’ को शुरुवात गरेको छ । कंचनपुरमा रहेकाे साे शाखा फाइनान्सबाट  समुहमा आवद्ध व्यवसायिक कुखुरापालक कृषकहरुको लागी २ दिने सिपमुलक तालिम शुरुवात गरेको हो ।

महिला कृषकहरुको ज्ञान,सिप र क्षमताअभिबृद्धिगदै व्यवसायको विस्तार एवम् आय—आर्जनमा सुधार र वृद्धिकालागी सुदा फार्मको निजि कोठामा तालिमको आयोजना गरेको छ । संस्थाका शाखा प्रमुख उन्नती बांस्तोलाको अध्यक्षतामा संचालित कार्यक्रम प्रमुख अतिथि बेदकोट नगरपालिका प्रमुख अशोक कुमारचन्द र बरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले पानसमा वत्ती बालेर संयुक्त रुपमा कार्याक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुखचन्दले छोटो समयमानै यस क्षेत्रको बिकास र समृद्दिका निमित्त साथै उत्पादन-ब्यवसायमा महिला सहभागीताका लागि संस्थाले गरेको प्रयास तथा कार्यका लागी नेशनल माइक्रोफाइनान्सलाई व्यवसायको विस्तार र त्यसले देशमा पुयाउन सक्ने योगदान र नगरपालिका लगायत सम्पुर्ण साझेदार निकायको सहयोग र योजनाकालागी कृषक चनाखो हुनुपर्ने र कृषिको विकास र विस्तारीकरणका लागीनगरपालीका पुर्ण सहयोग गर्न तत्पर रहेको बताए ।

त्यस्तै बरिष्ठ पशु चिकित्सक डा.पानसिह ७ गुन्नाले कृषि क्षेत्रको भुमिका योगदान सम्भावना र कुखुरा पालनमा आउने अवसर एवम् जोखिम र यसले कृषि क्षेत्रमाल्याउने आकर्षण तथा व्यवसायीकता र स्वरोजगारीमा महिलाहरु कसरी लान सकिन्छ र भेटनरी कार्यालयले महिला तथा अन्य किसानलाई कसरी सहयोग तथा परिचालित गर्ने भन्ने वारे धारणा राखे । तालिम १५ र १६गते संन्चालन हुने र यो तालिम लगायत यस्ता कार्यक्रम नेशनल माइक्रोफाइनासले आगामी दिनमा सदस्यहरुलाई प्रदानगर्ने र सदस्यहरुले लधुउधम द्धारा जिविको पार्जनलाई व्यवस्थीत योजना संगै कार्यान्वयन गर्ने जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको २०७५फाल्गुन मसान्त सम्ममा हिमाल, पहाड र तराईका गरीकुल ५० बटा शाखा कार्यालयहरु मार्फत संस्थाले देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लाका आफ्ना ७० हजार भन्दा वढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा रु ३ अर्व ३० करोड र बचत रु १अर्ब १७ करोडभन्दा वढी रकम सदस्यहरुवाट वचत गर्न सफल भएको संस्थाले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.