प्रेम कथानक चलचित्र ‘लभ स्टेशन’ प्रदर्शन

  २०७५ चैत २२ गते १३:१२     विकासन्युज

काठमाडौं । प्रेम कथानक चलचित्र ‘लभ स्टेशन’ प्रदर्शन भएको छ । अघिल्लो साता दुई वा सोभन्दा बढी चलचित्र प्रदर्शन भईरहँदा ‘लभ स्टेशन’ हलमा एक्लै प्रदर्शन भईरहेको छ । उज्ज्वल घिमिरेको निर्देशनमा रहेको सो चलचित्रमा प्रदीप खड्का र जसिता गुरुङको प्रमुख अभिनय रहेको छ ।


गत वर्ष प्रदर्शन भएको ‘लिलिबिलि’ को उक्त जोडीलाई मन पराएसँगै ‘लभ स्टेशन’मा पूर्ण देखिएका हुन् । चलचित्र निर्माणमा शाही गरेका हुन् । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टाई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल लगायतको पनि अभिनय रहेको चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् ।
‘लभ स्टेशन’ मा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.