सिप्रदीयन र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन हस्तान्तरण

  २०७५ चैत १९ गते १२:३८     विकासन्युज

काठमाडौं । सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउपालिका ४ नवनिर्मित विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक भुकम्प प्रतिरोधी तथा अपाङ्ग मैत्रि रहेको छ ।

१२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननिय गिरिराजमणि पोखरेलको उपस्थितिमा सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल, सिप्रदी कम्पनिजका सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ. राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा टाटा मोर्टसका म्यानिफ्याक्चरिङ हेड ( कर्पोरेट भेइकल विजनेस युनिट ) अजयलाल र टाटा ट्रस्टका सि.ओ.ओ. हरिसकृष्ण स्वामीको उपस्थिमा उक्त विद्यालय भवन हस्तारण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा नेपाल अर्थक्युयिक रिह्याविटेसन ईनिसिएटिभको समन्वयमा सातवटा विद्यालय र स्वास्थ्य चौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । शारदा उच्च माध्यमिक बिद्यालय र जालपादेवी माध्यमिक बिद्यालय निर्माण सम्पन्न भईसकेको छ भने अन्य विद्यालयहरु क्रमश कुपकन्या माध्यमिक विद्यालय, मार्मिङ आधारभुत बिद्यालय, तपी नारायण आधारभुत बिद्यालय, जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.