प्रदेश २ मा रद्द भएको एसइई परीक्षा चैत २२ देखि, कुन विषयको परीक्षा कहिले ?

  २०७५ चैत १८ गते १८:१२     विकासन्युज

भक्तपुर । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि रोकिएको प्रदेश नं २ कोे एसइईको परीक्षा यही चैत २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

लगातार प्रश्नपत्र बाहिरिन थालेपछि गत शुक्रबार सरकारले रद्द गरेको परीक्षा पुनः सञ्चालन गरिने भएको हो । प्रश्नपत्र बाहिरिएको विज्ञान विषयको परीक्षा चैत २२ गते तथा सामाजिक विषयको परीक्षा चैत २३ गते सञ्चालन हुने अर्यालले बताए ।

अन्य विषयमध्ये चैत २४ गते जनसङ्ख्या, संस्कृत, कर्मकाण्ड र ज्योतिष विषय, चैत २५ गते वेद विषय तथा चैत २६ गते ऐच्छिक विषयको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । चैत २७, २८ र २९ गते भने प्राविधिक विषयको परीक्षा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.