सिटिजन्सले गर्याे रामकोटको त्रिवेणी पुस्तकालयलाई सहयोग  

<p>काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको रामकोटको पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँमा आर्थिक सहयोग गरेको छ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नाराको साथ बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई ५० हजारका चेक हस्तान्तरण गरियो । सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको रामकोटको पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार रुपैयाँमा आर्थिक सहयोग गरेको छ ।

“योर पार्टनर फर प्रोग्रेस”भन्ने नाराको साथ बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा सो संस्थालाई ५० हजारका चेक हस्तान्तरण गरियो ।

सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीयवासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य, वातावरण, यौन, कृषि, पशु स्वास्थ्य आदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तत्पर रहेको छ । उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण, व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिले जानकारी गराएको छ ।

बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

हाल नेपाली भरी ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेका र  ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने स्थानीयको भनाई छ  ।

Share News