ओपन डाटा सम्बन्धी तालिम प्रदान सम्पन्न, ‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज’

  २०७५ चैत १५ गते १९:०७     विकासन्युज


काठमाडौ । ईन्स्टिच्यूट फर ईन्टीग्रेटेड डेभलेपमेण्ट स्टडिज(आईआईडीएस) ले ओपन डाटा सम्बन्धी तालिम प्रदान गरेको छ । राजधानीको मण्डिखाटार स्थित आईआईडीएसको भवनमा शुक्रबार सो तालिम सम्पन्न भएको हो । अर्थशास्त्री प्रविन डंगोलले तालिममा ओपन डाटाबारे जानकारी दिदै यसको सिद्धान्तका बारेमा चर्चा गरेका थिए । डंगोलका अनुसार डाटाको महत्व हरेक क्षेत्रमा हुने र अबको विश्व तथ्याङ्कमा आधारित हुदै गएकालेडाटाको महत्व बढ्दो क्रममा रहेको उनको तर्क छ ।

यस्तै, कार्यक्रममा आईआईडिएसका रिसर्च सहायक हेमराज जोशीले ‘नेपा स्टाट’ साइटको बारेमा जानकारी दिएका थिए । जोशी भन्छन्–‘आगामी दिनमा तथ्याङ्क प्राप्त गर्न सहज होस भनेर हामीले नेपा स्टाट साइटको सुविधा वेव मार्फत ल्याएका छौ ।’ सो साईट प्रयोग गर्दा जनताले जनसंख्या, कृषी, पर्यटन, जलवायु लगाएतका विभिन्न क्षेत्रको तथ्याङ्क सहजै पाउने उनले बताए ।

के हो त ओपन डाटा ?
ओपन डाटा भन्नाले निःशुल्क रुपमा प्रयोग हुने, पुर्न प्रयोग गर्न सकिने तथा आवश्यकता अनुसार वितरण गर्न सकिने तथ्याङ्कको अङ्ग्रेजी नामलाई बुझ्न सकिन्छ । यसलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिन्छ भने यो मिसिनले रिड गर्न सक्ने अवस्थामा हुनु पर्छ ।
मेसिनले रिड गर्ने भन्नाले एक्सल वा सिएसबीमा यो पढ्न सकिने खालको हुनुपर्छ । ओपन डाटा कै लागि भनेर आर्थिक बुझाउनु पर्दैन । तर, डाटाको लागि यसमा प्रयोग हुने अन्य सेवा शुल्क भने बुझाउनु पर्छ ।

सरकारबाट मान्यता प्राप्त गरेका निकायले तथ्याङ्क गणना गरे पश्चात त्यस्ता गणना ओपन डाटामा समावेश गर्न सकिन्छ । संकलित तथ्याङ्क लाईसेन्स प्राप्त संस्थाले बिक्री वितरण गर्न सक्छन् । त्यस्ता संस्थाबाट खरिद बिक्री गरिसकेको तथ्याङ्क अन्य लाईसेन्स नभएका संस्था वा व्यक्तीले बिक्री गर्न पाउँदैनन् । कतिपय आवस्थामा तथ्याङ्क सार्वजनिक गर्दा प्राथमिक स्रोतको नाम उल्लेख गर्नै पर्ने हुन्छ ।

ओपन डाटाका फाईदाहरु:
ओपन डाटा बैज्ञानिक प्रणाली भएकाले यसले समयको बचमा सघाउ पुर्याउँदछ । यो प्रणाली सरकारी, नीजि तथा सार्वजनिक क्षेत्रमा सोही कारण उपयोगी हुँदै आएको पाईन्छ । आईआईडिएसले प्राथमिक स्रोतबाट संकलन भएका तथ्याङ्क संकलन गरेको लगभग २ बर्ष पुगेको छ । विगत १ बर्षदेखी भने यसको सक्रियतामा वृद्धी भएको पाईन्छ ।

हालसम्म ओपन डाटाको रुपमा पिडिएफ मात्र उपलब्ध हुँदै आएको पाईन्छ । आईआईडीएसले यसमा सहजता प्रदान गर्न तथ्याङ्क तथा चार्ट एकै स्थानमा उपलब्ध गराउन लागि परेको छ । नेपा स्टाट मार्फत हाल सम्म १४ हजार ७ सय ३ तथ्याङ्क वेवमा राखिएका छन् । ई.सं १९६८ देखी हालसम्मका सम्पूर्ण कृषी तथ्याङ्क उपलब्ध रहेको रिसर्च सहायक हेमराज जोशीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.