‘दोलखा फिल्म सिटी’ लाई पत्याउलान् त विदेशी लगानीकर्ताले ?

  २०७५ चैत १५ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपालमा लगानी सम्मेलन चलिरहँदा चलचित्र क्षेत्रबाट एक मात्र परियोजना ‘दोलखा फिल्म सिटी’ लाई प्रस्तुत गरिंदैछ । भौगोलिक दृष्टी सुन्दर एवम् पर्यटकीय जिल्लाको रुपमा चिनिने दोलखा काठमाडौंबाट १ सय किमि दुरीमा रहेको छ ।

भीमेश्वर नगरपालिका ९ स्थित डाङडुङेडाँडाको कम्तीमा १८९ वर्गमिटरदेखि ३१४ वर्गमिटर क्षेत्रफलमा फिल्म सिटी बनाउने परियोजना प्रस्तावमा उल्लेख छ । लगानी सम्मेलनमा सरकारी स्तरबाट पारित ५० वटा परियोजनामा ‘दोलखा फिल्म सिटी’ पनि परेको हो ।

पर्यटकीय क्षेत्र बनाउन ८ वर्षयता ३५ करोड खर्च गरिसकेको सो क्षेत्रमा पर्यटन सँगसँगै फिल्म सिटीको रुपमा दोलखा जिल्लालाई स्थापित गराउन गरिएको छ । लगानी बोर्डले फिल्मसिटी परियोजना प्रस्तावमा दोलखा युनेस्कोको पुरानो सहरहरुको सूचीमा परेको, विभिन्न जातजाति बीचको फरक फरक संस्कृति, परम्पराका साथ भिन्न खालको गाँउ वस्ती रहेको कारण फिल्म सिटी बनाउन सकिने उल्लेख गरिएको छ ।

फिल्म सिटी क्षेत्रमा पाँचतारे होटेल, क्यासिनो, स्थानीय होटल, पार्क, क्याफे, बार, गिफ्ट सप र रंगमञ्च बनाउने कुरा लगानी बोर्डको प्रस्तावमा उल्लेख छ । प्रस्तावित स्थानमा फिल्म उत्पादन र प्रशोधनका लागि सुविधा सम्पन्न स्टुडियो बनाउन सकिने, सुटिङका लागि आवश्यक सामाग्री उपलब्ध गराउने देखि चलचित्र सम्बन्धी तथ्यांक केन्द्र निर्माण गर्ने कुरा समावेश छ ।

फिल्म सिटी परियोजनामा ७० लाख डलर बराबरको बैंकिङ्ग ग्यारेन्टी भएको र निजी क्षेत्रका लगानीकर्ताहरुमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन विकास तथा पूर्वाधारको क्षेत्रबाट ५ वर्षमा काम सक्नेले मात्र आवेदन गर्न सक्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.