शाखा खोल्न इच्छुक ब्रोकरलाई नेप्सको आग्रह- पाँच वर्षे योजनासहित निवेदन पेश गर्नुस्

  २०७५ चैत १५ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले शाखा विस्तार गर्न इच्छुक सदस्य दलाल व्यवसायी(ब्रोकर)लाई कम्तीमा पाँच वर्षसम्मको व्यवसायिक योजनासहितको निवदेन पेश गर्न आग्रह गरेको छ । नेप्सेले एक विज्ञप्तिमार्फत आफ्नो शाखा खोली धितोपत्रको दोस्रो बजारलाई देशव्यापी रुपमा विस्तार गर्न इच्छुक रहेका ब्रोकरहरुलाई उक्त आग्रह गरेको हो ।

साथै, आफ्नो कम्पनीको आर्थिक तथा भौतिक क्षमता, हाल कायम रहेको पूर्वाधार, विस्तृत ठेगाना तथा सम्पर्क व्यक्ति लगायतका तथ्यगत विवरण सहित निवेदन बुझाउन नेप्सेले सम्पूर्ण ब्रोकरहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.