निगमले एयरबस सञ्चालनमा ल्याएसँगै सकियो बोइङ युग

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ । काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते काठमाडौं आइपुगेको यो जहाज विमानस्थलमा थन्किएकै तीन महिना नाघेको छ ।

काठमाडौं आइपुगेकै दिन विन्ड सेन्सरले काम नगरेपछि थन्किएको जहाज फेरि बनाएर उडाउने हिम्मत नगरेकै कारण निगमका निम्ती उडान इतिहास बनेको बोइङ युग सकिएको छ । निगमले बोइङलाई विस्थापित गरेर चारवटा जहाजसँगै एयरबस युग सुरु गरिसकेको छ ।

यसअघि निगमले भएकै बोइङको बी ७५७ एसीए जहाज कवाडीमा बेचिसकेको छ । जहाज बीबी एयरवेजले किनेको भए पनि अझै विमानस्थलबाट नहटाएका कारण त्यसको पार्किङ शुल्क भने निगमकै जिम्मेवारीमा छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News