प्रदेश नं २ मा शुक्रबारको एसइई परीक्षा पनि स्थगित, विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरियो

  २०७५ चैत १५ गते ८:१८     विकासन्युज

काठमाडौँ । प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै सामाजिक विषयको परीक्षा स्थगित भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यता, राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत विहीबारको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित भएको थियो । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको बिहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले सूचना जारी गर्दै बिहीबार स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले जनाएको छ ।  देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.