‘बिप एप’ सार्वजनिक, १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न मिल्ने

  २०७५ चैत १४ गते १४:२९     विकासन्युज

काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहने गरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको हो ।

‘सिजी लाईफसेल’ चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो । सिजी ग्रुपले नेपालमै उक्त एपका लागि डाटा सेन्टरको स्थापना गर्दै उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ । यो एपका लागि नेपालमै यसको डाटा सेन्टर स्थापना गरेका छ ।

सामाजिक सञ्जाल एप सार्वजनिक कार्यक्रममा सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजश्वमा पनि योगदान पुग्ने बताए ।

बिप एपबाट सिधै फोनमा पनि कल गर्न सकिने छ । बिप एपबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवम् फाईलको आदान प्रदान गर्न सकिने छ । साथै विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । कम्पनीले ल्याएको उक्त एपमा फोनको भाषा परिवर्तन गर्न सकिन्छ भने निःशुल्क गेमहरु अनलाईनमार्फत खेल्न सकिने लगायतका सुविधा रहेका छन् ।  यस्तै एपमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने समेत विशेषता रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.