आफु हिड्ने बाटोमा छोरीलाई छोड्दै छु, अब तपाईहरुको जिम्मा: निर्देशक झरना थापा

  २०७५ चैत १४ गते १४:२२     विकासन्युज

काठमाडौं । अभिनेत्री तथा नव निर्देशक झरना थापाले आफ्नी छोरीलाई चलचित्र क्षेत्रमा ल्याउन सफल भएकी छन् । लामो समय अभिनयपछि निर्देशकका रुपमा दर्शक सामु आएकी झरनाले छोरी सुहाना थापालाई ‘ए मेरो हजुर ३ ’ मा मेगा स्टार अभिनेता अनमोल केसीको जोडी रुपमा पर्दामा उतारेकी छिन् ।

४ वर्षको उमेरमा ‘ए मेरो हजुर’ मा बाल कलाकारको रुपमा देखिएकी सुहानालाई हाल नायिकाको रुपमा देखिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर ३’ को दुई गीतबाटै सुहानालाई चलचित्र क्षेत्रले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरेको छ । ‘फिल्मी ब्लड’ भएका कारण उनको काम राम्रो हुने विश्वास धेरैको छ ।

बुधवार चलचित्रको ट्रेलर रिलिज र आफ्नो बर्थडे केक काट्दै अभिनेत्री तथा निर्देशक झरनाले छोरी सुहानाको चलचित्र हेरेपछि जो कोहीले तारिफ गर्ने दाबी समेत गरिन् । उनले भनिन्, ‘जसरी म विगतमा यहाँहरुको मन मस्तिष्कमा बस्न सफल भएँ, त्यसरी नै छोरी पनि सफल हुने छिन् । उनले अगाडि भनिन्, ‘म आफू हिँडेको बाटोमा छोरीलाई पनि लिएर आएको छु । आजबाट तपाईंहरु माझ मेरी छोरी सुहानालाई सुम्पिएको छु ।’

चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता अनमोल, सलोन बस्नेत, सरोज खनाल, रेअर राईलगायत उपस्थित थिए । ट्रेलरमा अनमोललाई सुपरस्टार गायक र एक साधारण युवक गरि दुई अवतारमा देख्न सकिन्छ । चलचित्रले एक स्टार र फ्यानबीचको प्रेमकथा बोकेको निर्देशक झरनाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.