चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष भट्टराईले गरे पदबहाली

  २०७५ चैत ११ गते २१:४९     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष केशव भट्टराईले पदबहाली गरेका छन् । सोमबार चलचित्र विकास बोर्डको कार्यलयमा भव्य स्वागत सहित पदबहाली गरेका हुन् ।
पदभारको दायित्यलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा बार्डले चलचित्र विकास सम्बन्धी नयाँ कार्ययोजना सहित चलचित्र क्षेत्रको विकासका लागि भएका केहि कमी कमजोरी सुधारेर अगाडी बढ्ने बताए ।

अफिस भित्र बसेर बाहिरी कुरालाई निर्याल्ने जानकारी दिँदै बक्स अफिस सु व्यवस्थित एवं निर्माणका लागि सरकारलाई दबाब दिने बताए ।

उक्त कार्यक्रममा नेपाल चलचित्र निर्माण संघको अध्यक्ष आकाश अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै लामो समयदेखि चलचित्र क्षेत्र र बोर्ड दुरी बढिरहेको महसुस गरेकाे बताउँदै अबका दिनमा चलचित्र निर्माण तथा विस्तार सम्बन्धी केहि आशा उत्पन्न भएको बताए ।

३०, ३५ वर्ष यहि क्षेत्रमा लागेका अध्यक्ष भट्टराईको नियुक्तीसँगै फिल्मी क्षेत्रमा केही आशा उत्पन्न भएको चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी जानकारी दिए ।

चलचित्र निर्माताको रुपमा चिनिने भट्टराईले लामो समयदेखि चलचित्र विकास बार्डमा महासचिव, वरिष्ठ तथा उपाध्यक्ष्य समाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.