विदेशी चलचित्र हेर्दा विदेशिन्छ वार्षिक करोडौँ नेपाली रुपैयाँ

  २०७५ चैत ११ गते १४:३०     सुनिता पुडासैनी

काठमाडौं । नेपालीहरु नेपाली भाषाका चलचित्र मात्र हेर्दैनन् । विदेशी भाषाका चलचित्र हेरेर मनोरञ्जन लिने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ । विदेशी भाषाका चलचित्र हेरेर नेपालीले मनोरञ्जन लिंदा वार्षिक रुपमा करोडौँ रुपैयाँ विदेशिने गरेको छ ।

नेपाल चलचित्र विकास बोर्डका अनुसार वार्षिक १ सयको हाराहारीमा विदेशी भाषामा चलचित्र नेपाली सिनेमा घरहरुमा चल्ने गरेका छन् । ती विदेशी भाषाका चलचित्रबाट कम्तिमा ५ लाखदेखि बढीमा २ करोड नेपाली रुपैयाँ विदेशिदै आएको चलचित्र विकास बोर्डका चलचित्र संग्रहालय, पुस्तकालय, प्रेक्षालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईले बताए ।

प्रत्येक विदेशी चलचित्रलाई आम्दानीको १५ प्रतिशत कर लगाइएकाे छ । यसरी संकलन भएको रकम मध्ये ५ प्रतिशत स्थानीय तहको विकास निर्माणका छुट्याउने गरेको चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।

हलिउड र बलिउडका चलचित्र मात्रै सिनेमा घरमा प्रदर्शन
नेपाली भाषाका बाहेक हाल नेपालमा हलिउड र बलिउडका चलचित्र मात्र सिनेमा घरहरुमा प्रदर्शन हुँदै आएको छ । यस वर्ष हलिउड ५० वटा र बलिवड ५० चलचित्र नेपाली सिनेमा घरमा प्रदर्शन भएको बोर्डका अधिकृत गुरागाईले बताए ।

नेपालमा अमेरिकन, चाइनिज, कोरियन, इजरायली, युरोपियन देशका फिल्महरु विभिन्न उत्साहका अवसरमा प्रदर्शन हुँदै आएका छन् । अमेरिकन दूतावासले प्रत्येक महिनाको तेश्रो हप्ताको विहीबार कुमारी हलमा चलचित्र प्रदर्शन गर्ने गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.