बंगलादेशमा भएको कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

  २०७५ चैत ५ गते १४:३०     विकासन्युज


बंगलादेश । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण, ३ रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएमो छ । उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल टिम च्याम्पियन भएको हो ।

पुरुषतर्फ दिनेश ताम्राकार, रुपेस श्रेष्ठ, लोकेन्द्र राई, एजुक थिङ प्रथम हुँदै स्वर्ण पदक जितेका थिए । त्यसैगरी महिलातर्फ अलिशा धामी, रोहिनी पण्डित, रश्मिता श्रेष्ठ र निर्मला तामाङले स्वर्ण पदक जिते ।

अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश पुगेको टोलीमा नेपालका अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ , अशोक पहाडी, बिनोद राउत, वीरेन्द्र कर्ण लगायतको सहभागिता रहेको थियो । नेपालका टिम म्यानेजर प्रिमेश शिवाकोटीका अनुसार नेपाली टिमले उत्कृष्ट खेल प्रदर्शन गरेक‍ो थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.