मानव संशाधन भेला सम्पन्न, विद्युतीय युगमा मानव संशाधनबारे चर्चा

  २०७५ चैत १ गते १९:११     विकासन्युज


काठमाडौँ । ग्रोथ सेलर्स प्रालिको वार्षिक मानव संशाधन भेलाको १२ औँ संस्करण विभिन्न संघसंस्था तथा पेशाकर्मीको सहभागितामा काठमाडौं स्थित सोल्टी होटेलमा फागनु ३० र चैत १ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्युतिय युगमा मानव संशाधन नारा सहित सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन श्रममन्त्री गोकर्ण विष्टले गरेका थिए ।

संस्थाको तर्फबाट ग्रोथ सेलर्सका प्रवन्ध निर्देशक मोहनराज ओझाले सहभागी तथा श्रोतव्यक्तिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा मुख्य वक्ताको रुपमा भारतको इकम प्रालिका वरिष्ठ उपाध्यक्ष सौरभदिप सिंहला र टिचफर नेपालका शिशिर खनाल थिए । त्यस्तै अन्य वक्ताहरुमा विशाल ढकाल, सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपाल, वोधी सत्वस्वामी आनन्द अरुण, लगायतका थिए । मनोजकुमार ज्ञवाली, जयेन्द्र रिमाल, ररिश्वराम गोर्खालीले समानान्तर सत्रहरुको सहजीकरण गरेका थिए ।

कार्यक्रमको प्रायोजकहरुमा एक्सेस वर्ल्ड, डिएभि कलेज, ग्लोबल आइएमइ बैँक तथा आइएमइ जेनेरल इन्स्योरेन्स, आइएमइ, सिङगापुर एअरलाईन्स, डिशहोम रहेका थिए । ग्रोथ लिडरशिप एकेडेमी सल्लाह साझेदार रहेको थियो भने कार्यक्रमको व्यवस्थापन कर्पोरेट क्लबले र आयोजना ग्रोथ सेलर्सको रहेको थियो । कार्यक्रमको समापनमा ग्रोथ सेलर्सका कार्यकारी निर्देशक जयेन्द्र रिमालले धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.