नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह

  २०७५ फागुन २६ गते १३:२७     विकासन्युज

वार्सा । नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले सो खर्च बढाउनु आवश्यक रहेको बताएका हुन् ।
वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै महासचिव स्टोल्टनबर्गले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताए । युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको प्रतिस्थापन गर्ने भने होइन बरु अरु थप सहयोगको मात्रा बढाउनु पर्ने जनाए ।

उनले हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउदै कमी भएको खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनु पर्नेमा जोड दिए । पछिल्लो समय ती देशले नेटोको संरचना निर्माण, आधारभूत अन्य आवश्यकता पूरा गर्ने काममा लिएको अग्रसरताप्रति भने महासचिव स्टोल्टनबर्गले प्रसंशा गरे।

रक्षा खर्चको कोष निर्माणका लागि पनि युरोपका देशले राम्रो अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुराउने बताए । उक्त सम्मेलनमा रक्षासम्बन्धी सत्रमा उनले सम्बोधन गरेका थिए। महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी रहेका थिए । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.