उपत्यका हेर्न मध्यपुरमा दृश्यावलोकन स्तम्भ बन्दै, ३ वर्षमा निर्माण सकिने, लागत ७ करोड

  २०७५ फागुन २२ गते १२:३२     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले लोकन्थलीबाट सानोठिमी निस्कने बाटोको नाट्यश्वरीमा भक्तपुरमै पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ ।

नगरपालिकाले त्यस क्षेत्रमा उपत्यकाका विभिन्न ठाउँ देख्न सकिने गरी तीनतलाको पहिलो दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

स्तम्भबाट मनोहरा, दिव्यश्वरी क्षेत्रका बस्ती, एसओएस, अन्तर्राष्ट्रिय विमानस्थल, हिमाललगायत चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । त्यस क्षेत्रमा दृश्यावलोकन स्तम्भसँगै नाट्यश्वरी पार्क, मन्दिर, अपाङ्ग तथा बालमैत्री बगैँचा, आर्टिफिसियल रक क्लाइम्बिङ, व्यायाम गर्ने ठाउँ, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने र निर्माण भइसकेको दुईतले सामुदायिक भवनको रङ्गरोगन तथा व्यवस्थापन गरिने भएको छ ।

आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । करीब सात करोडको बजेटमा निर्माण सम्पन्न हुने यहाँका संरचना निर्माणका लागि नगरपालिकाले यस वर्ष ७५ लाख बजेट विनियोजन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.