४८ प्रतिशत बोनसपछि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढ्यो

  २०७५ फागुन १९ गते १४:१३     विकासन्युज

काठमाडौं । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै आइतबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य बढीरहेको छ ।

सो दिन प्रतिकित्ता १०१५ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १०७५ रुपैयाँसम्म कारोबार भएको छ । दुई बजेसम्म इन्स्योरेन्सको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढेर प्रतिकित्ता १०४९ रुपैयाँमा सेयर किनबेच भइरहेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि समेत २३.५ प्रतिशत गरी ४८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.