एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा उक्त शाखा विस्तार भएको हो । एनआईसी एशिया बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरेका हुन् । बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरामा उद्घाटन भएको छ । पोखरा महानगरपालिका वडा नं २९, पावरहाउस चोक स्थित पावर हाउस चोकमा उक्त शाखा विस्तार भएको हो ।

एनआईसी एशिया बैंकका कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७३ अर्ब तथा कर्जा रू. १४८ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।

Share News