ग्लोबल आइएमईले निष्काशन गर्यो ऋणपत्र,  १०.२५ % ब्याजदर

<p>काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याज दर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाखकित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख [&hellip;]</p>

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याज दर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ ।

फागुन ११ गतेदेखि खरिद गर्न सकिने गरी १५ लाखकित्ता ऋणपत्र निष्कासन गरिएको हो । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ ।

सर्वसाधारण लगानीकर्ता तर्फ प्रतिकित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्तासम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुनेछैन । सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंक लि. का जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्नेछन् ।

ऋणपत्र फारम ग्लोबल आइएमई बै.क लि. का सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निःशुल्क प्राप्तगर्न सकिनेछ ।

Share News