
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले डस्टबीन वितरण गरेको छ ।
ईटहरी बजार वरिपरीको सरसफाईमा ध्यानदिदैं टोल तथा बजारको सरसफाई गरी बजारका मुख्यचोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।