सिटिजन्स बैंकले गर्यो आसमान नेपाललाई १ लाख आर्थिक सहयोग

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच एक लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न सामाजिक गतिविधि गर्दै आएको आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच एक लाखको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।

यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Share News