युकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा शुरू

  २०७५ फागुन ६ गते १६:४५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा युकेमा शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ्ग मार्फत पनि सहज कारोबार गर्न सकिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

यो सेवा सुरु भएसँगै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी एवं कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।
सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.