शाइन रेसुङ्गा बैंकको नयाँ शाखा रुपन्देही र नवलपरासीमा

  २०७५ फागुन ५ गते १७:२७     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवल नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । खैरेनी शाखाको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

देवदह शाखाको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कार्य अनुकरणीय रहेको उल्लेख गर्दै अव देवदहको आर्थिक विकास र समृद्धिका लागि सरकारले अघि सारेका अनुदान र सहुलियतका कार्यक्रमलाई वडा वडामा लैजान बैंकलाई आग्रह गरेका थिए ।

समाजसँग बैंक अभियान सञ्चालन गरेको बैकले स्थानीय जेष्ठ नागरीकलाई बैकमा जेष्ठ नागरिक खाता खोली दिई चेक हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई कदर–पत्रबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा देवदह खैरेनी शाखा अन्र्तगत देवदह वडा नं. ५ का ९८ बर्षीय टिकाराम तिवारी, वडा नं. ७ का ९५ बर्षीय मोतिलाल अधिकारी, वडा नं. ५ का ८९ बर्षीय चित्रकली थापा, वडा नं. ७ का ८४ बर्षीय भिमलाल खरेल र वडा नं. ५ का ८० बर्षीय सुना कुमारी राना सम्मानित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि देवदह नगर प्रमुख खत्री, बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सम्मान गरेका थिए ।

त्यस्तै, सुनवल शाखाको उद्घाटन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले समृद्ध नगर हाम्रो अभियानका साथ कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रमुख प्राथमिकता दिएर नगरपालिका अघि बढ्न लागेको अवस्थामा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व सहित शाखा सञ्चालन गरेकोमा प्रसन्नता व्यक्त गर्दै बैंकसंग मिलेर नगरपालिका अघि बढ्ने बताए । नगरप्रमुख थापाले महेशपुर नाकाको स्तरबृद्धि पश्चात नवलपरासीमा आर्थिक बिकासको सम्भावना बढेको बताउदै बैंक तथा बित्तीय सस्थाको भुमिका पनि बढ्दै गएको जानकारी दिएका छन् ।

सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले सुनवलको संभावनालाई सार्थक बनाउन बैंकको लगानी उत्पादन र रोजगारमुलक क्षेत्रमा केन्द्रीत गर्न आग्रह गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.