सिभिल बैंकको नगद लाभांश घोषणा

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

Share News