बेष्ट फाइनान्सद्धारा टोखाको पुस्तकालयलाई पुस्तक हस्तान्तरण

  २०७५ माघ २७ गते १८:१५     विकासन्युज

काठमाडौं । कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ८ स्थित जलपा पुस्तकालयका लागि बाल साहित्य तथा बाल कथामा आधरित विभिन्न पुस्तकहरु हस्तान्तरण गरेको छ ।

उक्त पुस्तकहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जलपा पुस्तकालयका अध्यक्ष नरबहादुर वि.सी.लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

स्थानीय बाल बालिकाहरुका लागि ज्ञान बद्र्धक, बाल मनोरन्जन तथा बुद्धि विकासको उद्देश्यले स्थापित संस्थालाई टेवा पुर्याउनका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त पुस्तकहरु हस्तान्तरण गरिएको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.