चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी

  २०७५ माघ २२ गते ११:३२     विकासन्युज

काठमाडौँ । एकजना स्वयम् सेवक प्रशिक्षकले रौतहटको चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न थालेका छन् ।  सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक पहाडीले विगत १७ वर्षदेखि स्थानीय किशोर किशोरीलाई निःशुल्क प्रशिक्षण दिइरहेका छन् । उनले नियमित प्रशिक्षणको अलावा जिल्लाका बिभिन्न किसिमका प्रतियोगिताको समेत आयोजना गर्दै आएका छन् ।

स्वयम् सेवक प्रशिक्षक पहाडीको नेतृत्व र बिभिन्न संघ संस्थाको सहयोगमा आउँदो फागुन १६, १७ र १८ गते चन्द्रनिगाहपुरमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गर्न लागिएको छ । प्रतियोगितामा भारत, श्रीलंका, भुटान, बंगलादेश र नेपालका सात प्रदेश र तीन बिभागीय टिमको सहभागिता रहने पहाडीले बताए ।

पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ ।

जिल्लामा राखेपको प्रशिक्षक नभएपनि पहाडीले प्रशिक्षण गराएका खेलाडीले प्रदेश नम्बर २ मै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्लो समय जिल्लाका खेलाडीले म्याटमा प्रशिक्षण लिने गरेका छन । यसरी नियमित म्याटमा प्रशिक्षण लिने प्रदेश २ को यही जिल्ला मात्र हो । अन्य जिल्लासँग म्याट छैन । राखेपले आयोजना गर्ने विभिन्न प्रतियोगितामा स्वयंसेवक प्रशिक्षकले उत्पादन गरेका खेलाडीहरूले भाग लिने गरेका छन ।

पूर्व साँसद रामकुमार भट्टराईको सांसद विकास कोषको रकमबाट चन्द्रनिगाहपुरस्थित तुलसीलाल स्मृति खेल मैदानसँगै बनेको कभर्ड हलमा करातेको नियमित प्रशिक्षण हुने गरेको छ । प्रशिक्षणमा साना स्कुले बालबालिका समेत आउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.