काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनको लागि उक्त दिनदेखि माघ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय कम्पनी संचालक समितिको बैठकले गरेको हो । इन्स्योरेन्सले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।