काठमाडौं । आशा लघुवित्तको आइपीओ आजबाट बिक्रि खुल्ला भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । जसमा न्युनतम १० कित्ता अर्थात एक हजार रुपैंयँकै आवेदन दिन सकिनेछ भने अधिकतम ३ हजार ३ सय ७० कत्तासम्म आवेदन दिन सकिन्छ ।
छिटोमा माघ २२ गते र ढिलोमा फागुन १९ गते निष्काशन बन्द हुनेछ । निष्काशित सेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ । आशा लघु वित्त कम्पनीलाई प्रभु ग्रुपले प्रवद्र्धन गरिरहेको छ ।