हिमालयन बैैंकको नाफा ११६ करोड, अरु सूचक कस्ता छ ?

  २०७५ माघ १७ गते ८:००     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले एक अर्ब १६ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ६ करोडले वृद्धि गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा १ अर्ब १० करोड थियो ।

हिमालयनले १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेर ९८ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७८.४५ प्रतिशत कायम गराएको छ । बैंकले ३ महिनामा ४ अर्ब निक्षेप वृद्धि गरेर ४ अर्ब नै कर्जा लगानी पनि बढाएको छ । बैंकले २ अर्ब ४९ करोड ब्याज आम्दानी गरेको देखिन्छ ।

हिमालयनको कष्ट अफ फण्ड ६.७३ प्रतिशत छ भने आधार ब्याजदर ९.११ प्रतिशत रहको छ । खराब कर्जा १.२५ प्रतिशत रहँदा प्रति सेयर आम्दानी ३२.०९ रुपैंयाँ छ जुन गत आवको सोही अवधीमा जम्मा २७.२६ रुपैंयाँ मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.