विदेशी लगानीकर्तालाई वित्तीय सेवा दिन एनएमबि बैंक र वान टु वाच बीच सहकार्य

<p>काठमाडौं। एनएमबि बैंक  र वन टू वाचबीच सहकार्यमा वान टु वाच नेटवर्कका लगानी कम्पनीहरूलाई फाइनान्सिङ सुविधा दिने सहमति भएकाे छ । सम्झौतापत्रमा एनएमबिका  प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै निकायले विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने काम गर्नेछन् । [&hellip;]</p>

काठमाडौं। एनएमबि बैंक  र वन टू वाचबीच सहकार्यमा वान टु वाच नेटवर्कका लगानी कम्पनीहरूलाई फाइनान्सिङ सुविधा दिने सहमति भएकाे छ । सम्झौतापत्रमा एनएमबिका  प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दुवै निकायले विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने काम गर्नेछन् ।

वन टु वाचले राम्राे लगानी अवसर भएका कम्पनीहरूको पहिचान गर्ने  छ । साथै, उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ। एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तीनले विदेशी लगानीको स्वीकृति नपाउन्जेल सम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ उपलब्ध गराउने छ।

सहकार्यबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनीहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति बताइएकाे छ ।

Share News