ज्योति विकास बैंकले एकै दिन खोल्यो ५ शाखा

  २०७५ माघ १६ गते १७:४४     विकासन्युज


काठमाडौँ । ज्योति विकास बैंक लि.ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा माघ १६ गते एकैदिन नयाँ शाखा संचालनमा ल्याएको छ ।

हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिति हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्धारा एक कार्यक्रमका बिच उद्घाटन भयो ।

त्यसैगरी, रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठज्यू र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जनज्यू तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे ।

निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालबाट उद्घाटन भयो ।

त्रियुगा नगरपालिका ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेको सहायक महाप्रबन्धक रामहरि आचार्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.